१ चैत्र २०७२, सोमबार

इस्लामाबाद, पाकिस्तानमा गत चार दिनयता परेको मुसलधारे पानीका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या सोमबारसम्म कम्तीमा ४९ पुगेको छ ।

pakistaan barsa
पाकिस्तानमा भारी बर्षाका कारण भएको छुट्टाछुट्टै घटनामा परी घाइते हुने व्यक्तिको सङ्ख्या ८० भन्दा बढी भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

पाकिस्तानको दक्षिणी प्रान्त बलुचिस्तानमा यस प्रकोपमा परी १८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य २२ जना घाइते भएका र ४९ जना भत्किएको देशको प्रकोप व्यवस्थापन निकाय (एडिएमए) ले बताएको छ ।

उत्तरपश्चिमी आदिवासी क्षेत्रमा भारी वर्षाको कारण छानाहरु भत्किँदा कैयौँ दुर्घटना भएको छ । एडीएमएका अनुसार त्यस क्षेत्रमा भारी वर्षाको कारण भवनहरु भत्किँदा १५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २५ जना घाइते भएका छन् ।

ओराक्जाई क्षेत्रमा भारी वर्षापछिको गएको पहिरोमा परी कोइलाखानीमा कार्यरत सात कामदारको मृत्यु हुनुको साथै अन्य १० घाइते भएका छन् ।

यस वर्षाबाट पाकिस्तानको पञ्जाब प्रान्त पनि प्रभावित भएको छ । सो प्रान्तमा यस वर्षाको कारण भएको दुर्घटानमा १० व्यक्तिको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएका छन् । त्यसैगरी चार वटा घरसमेत भत्किएको बताइएको छ ।

देशको उत्तरपश्चिममा पर्ने खैबर पाख्तुनख्वा प्रान्तमा ६ व्यक्तिको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन् । सो प्रान्तमा यस भीषण वर्षाको कारण १९ वटा घर ध्वस्त भएको छ । रासस ÷सिन्ह्वा

 

LIVE TV