१ चैत्र २०७२, सोमबार

काठमाडौँ,  सप्तरीको भारदह र राजविराजबाट पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका ६ जना कार्यकर्ताहरु सोमबार रिहा भएका छन् ।

AIM_Caders

विशेष अदालत काठमाडौंले जनही २५–२५ हजार धरौटीमा उनीहरुलाई रिहा गरेको हो ।
रिहा हुनेहरुमा श्यामशुन्दर मण्डल, सुरेन्द्र मण्डल, नागेश्वर शर्मा, बुधेश्वर मण्डल, मो.उस्मान र सुरेन्द्र मधेशी रहेका छन् ।

उनीहरुमाथि आइतबार सप्तरी प्रहरीले अभियोग पत्र दायर गरेको थियो । सोमबार बयान पछि चार जना अधिवक्ताहरु सुरेन्द्र महतो, रत्नेश्वर प्रसाद शर्मा, बीरेन्द्र प्रसाद साह र धीरेन्द्र साहले स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरुको पक्षमा बहस गरेका थिए ।

धरौटीमा रिहा भएपछि गठबन्धनका कार्यकर्ताहरुलाई अदालत परिसर मै स्वागत गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV