१ चैत्र २०७२, सोमबार

चितवन, पूर्वी चितवनको जिरौनामा रहेको हरिकृष्ण इँटा उद्योगमा कार्यरत मजदूर बसेको ठाउँमा आज दिउँसो चट्याङ पर्दा दुईजनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।

chatyanga
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सर्लाही रञ्जितपुर गाविस–९ का १६ वर्षीय दिनेश माझी, हजरिया गाविस–५ का २४ वर्षीय रीता राईको चट्याङ लागेर मृत्यु भएको हो ।

चट्याङले लागेर सिन्धुली नरेनखोलाका सुरेश राई, सर्लाही रन्जितपुरका २२ वर्षीय उमेश माझी, हजरियाकी निर्मल माझी, महोत्तरी बर्दिबासका सीता भुजेल र सिन्धुली मन्टीनखोलाका ३२ वर्षीय गौरीबहादुर राई घाइते भएका छन् ।

घाइतेको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये सुरेश राईको अवस्था गम्भीर छ भने अन्यको अवस्था सामान्य छ ।

रत्ननगर नगरपालिका–१० जिरौनामा रहेको सो उद्योगमा कार्यरत मजदूर पानी परेपछि एकैठाउँमा बसिरहेको बेला दिउँसो ४ बजेतिर चट्याङ परेको थियो । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV