१ चैत्र २०७२, सोमबार

काठमाडौँ, वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले मञ्जरी प्रकाशनद्वारा प्रकाशित तथा शारदा भुसालद्वारा लिखित ‘धरातल’ नामक कृतिबाट आफ्नो चरित्र हत्या गर्न खोजिएको बताउनुभएको छ ।

Dharatalmodnaath
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा प्रश्रितले लेखक र प्रकाशन गृहले कसैको पनि चरित्र हत्या हुनेगरी लेख्न नहुने सुझाव दिँदै विसं २०५० मा मानसिक सन्तुलन गुमाएकी भुसाललाई उनको अभिभावकको अनुरोधमा आफ्नो परिवारले काठमाडौँमा ल्याएर उपचार गराएपछि उनको स्वाथ्यमा सुधार आएको जिकिर गर्नुभयो ।

पाँच वर्ष अगाडि भुसालले भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्दा आफूलाई प्रमुख अतिथिका रुपमा निमन्त्रणा गर्दा आफू उक्त कार्यक्रममा सहभागी भएको स्मरण गर्दै प्रश्रितले मञ्जरी प्रकाशनका कृष्ण अविरलले भुसाललाई उपयोग गरी धेरै पुस्तक बिक्री गराउने नियतले कृतिमा सुनियोजित ढङ्गले आफूलाई जोडेर चरित्र हत्या गरेको आरोप लगाउनुभयो ।

प्रश्रितका पुत्र डा विजय पौडेलले पिताको साहित्य तथा राजनीतिको क्षेत्रबाट देश जनताका लागि गरेको योगदानलाई धमिलो बनाउन यस किसिमको षड्यन्त्र भएको बताउँदै घटना यथार्थ भए पुष्टि गर्न चुनौती दिनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा जीवेन्द्रदेव गिरीले समाजको विकासमा योगदान गरी नाम कमाएका व्यक्तिको चरित्र हत्या गर्ने कार्य बन्द गर्न आग्रह गर्दै त्यस्ता व्यक्ति तथा समूहलाई अविलम्ब कारबाहीको माग गर्नुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV