१ चैत्र २०७२, सोमबार

काठमाडौँ, पुरानो बसपार्कमा काठमाडौँ स्तम्भ निर्माणको काम अघि बढेको छ ।

ktm sss
काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङका अनुसार निर्माणको काम आइतबारदेखि सुरु भएको हो । बाह्रतले सो भवन पूर्ण रुपमा भूकम्प प्रतिरोधात्मक बनाइने तामाङले बताउनुभयो । सो सुविधासम्पन्न भवनको विस्तृत अध्ययन प्रतिवेदन तथा वातावरणीय प्रभाव मूल्याङ्कनसमेत तयार भइसकेको छ ।

रु तीन अर्ब ५० करोडको लागतमा स्तम्भ निर्माणको जिम्मा जलेश्वर स्वछन्द विकोइ विल्डर्स प्रालिले पाएको छ । काम सुरु भएको पाँच वर्षभित्र सो स्तम्भ बनाइसक्नुपर्ने सम्झौता भएको छ । रासस

 

LIVE TV