१ चैत्र २०७२, सोमबार

 

पोखरा,  दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको विदेशमन्त्रीस्तरीय ३७ औं बैठक पोखरामा सुरु भएको छ । सार्कको ‘मिनी शिखर सम्मेलन’ का रूपमा लिइएको बैठक पोखराको बिरौटास्थित पाँचतारे होटल पोखरा ग्रान्डमा सुरु भएको हो ।

saarc-flags_logo

बैठकमा सहसचिवहरुले यसअघि भएका कामहरुको समिक्षा सुरु गरेका छन् । यसअघि भएका कामको समिक्षा र आगामी कार्यक्रमको बारेमा योजना बनाउने छन् । बुधबार सचिबस्तरीय र अन्तिम दिन विदेशमन्त्री स्तरीय बैठक हुनेछ । बैठकमा आतंकवाद नियन्त्रण, उर्जा हव, सडक तथा हवाई सञ्जाल, गरिबी निवारण लगाएतका विषयमा छलफल हुनेछ । सार्क विदेशमन्त्रीस्तरीय बैठकमा नेपाल, भारत, बंगलादेश, भुटान, पाकिस्तान, श्रीलंका, मालदिभ्स र अफगानिस्तानका सहसचिवहरुको सहभागिता रहेको छ ।

बैठकमा सार्क राष्ट्रका विषयगत करिब ८० भन्दा बढी प्रतिनिधि सहभागी छन् । बैठकमा बुधवार उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, भारतीय विदेशमन्त्री सुस्मा स्वराज, माल्दिभ्सका विदेशमन्त्री डुनया मौमुन, श्रीलंकाका विदेशमन्त्री मंगला समरावेरा, बंगलादेशका विदेशमन्त्री अवुल हसन मोहमद अली, भुटानका विदेशमन्त्री डामचो दोर्जी, अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद कार्जाई र पाकिस्तानी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज अजिज सहभागी हुनुहुने छ । मन्त्रीस्तरीय बैठकको उद्घाटनका भने प्रधानमन्त्री केपि ओलीले चैत ३ गते बुधबार गर्नुहुने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV