१ चैत्र २०७२, सोमबार

काठमाडौँ,  राष्टपति बिद्यादेवी भण्डारीले राष्ट्रलाई समुन्नत एवं समृद्ध बनाउन सबै तह र तप्काका जनसमुदायको एकता र सहकार्य आबश्यक रहेको बताउनु भएको छ । त्रिभुवन विश्व बिद्यालयको बिशेष दिक्षान्त समारोहलाइ संवोधन गर्दै राष्ट्रपति भण्डारीले एकता र सहकार्यले मात्र सम्वृद्ध नेपाल बन्ने बताउनुभएको हो ।

rastrapati

राष्ट्रपति भण्डारीले नयाँ संबिधानका माध्यमबाट मुलुकमा सामाजिक आर्थिक रुपान्तरणका लागि संभावनाको ढोका खुलेको बताउनुभयो । उहाँले युवापुस्तालाई मुलुकको आबश्यकता अनुसार आधुनिक ज्ञान, सीप र प्रबिधिले सम्पन्न बनाउनुपर्ने बताउनुभयो । राष्ट्रको बिकासमा लागि राजनैतिक दल, सरकारी तथा गैरसरकारी संस्था साथै सम्पुर्ण जनसमुदायमा एकताको खाँचो रहेको राष्ट्रपति भण्डारीको भनाइृ छ ।

राष्टपति बिद्यादेवी भण्डारी र त्रिभुवन बिश्व बिद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा नेपाली वाङमयको क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याउनुहुने राष्ट्रकबि माधवप्रसाद घिमिरे र बरिष्ठ साहित्यकार इन्द्रबहादुर राईलाइ मानार्थ बिद्याबारीधिको प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV