१ चैत्र २०७२, सोमबार

काठमाडौँ,  नेपाली काँग्रेसको १३ औ महाधिवेशनमा भएको निर्वाचनमा उमेदवारको संख्या धेरै भएको र निर्वाचन प्रक्रिया परम्परागत भएकाले परिणाम आउन एकसाता भन्दा वढि समय लागेको छ । नयाँ नयाँ प्रविधिको विकास भएपनि नेपाली काँग्रेसले आफ्नो १३ औ महाधिवेशनमा त्यसको उचित प्रयोग गर्न नसकेपछि त्यसको सर्वत्र विरोध भएको छ ।matgananaa

नेपाली काँग्रेसको १३ औ महाधिवेशनमा दोस्रो चरणको निर्वाचनमा गएर मात्र सभापतिको टुङगो लाग्यो । कारण थियो तीन उमेदवार मध्ये कुनै पनि उमेदवारले वहुमत ल्याउँन नसक्नु  । सभापतिको पहिलो चरणको मतगणनामा १ सय भन्दा वढि मत वदर हुनु र शेरवहादुर देउवालाई ११ मत अपुग हुनु दोस्रो चरणको निर्वाचनमा जान बाध्यात्मक कारण रह्यो । यदि महाधिवेशनमा नयाँ प्रविधिको प्रयोग गरिएको भए मत वदर हुने सम्भावना न्यून हुने र थोरै समयमै सवै पदको मत परिणाम सार्वजनिक गर्न सकिन्थ्यो भन्दै काँग्रेसको झन्झटिलो निर्वाचन प्रक्रिया र मत गणनाको सर्वत्र आलोचना भएको हो ।

यही झन्झटिलो मतदानका कारण महाधिवेशन प्रतिनिधिहरुले आफैले मतदान गरेको मतको परिणाम आफैंले बेलामा थाहा पाउँन पाएनन् ।  सवैभन्दा वढि झन्टिलो मतदान र मत गणना अझ खुल्ला तर्फका २५ जना केन्दीय सदस्यको रहयो । खुला २५ पदका लागि ९० जनाले उमेदवारी दिएकोले उक्त मतगाणना सम्पन्न गर्न एक हप्ता नै लाग्यो । हुन त अन्य पदहरुको गणनामा पनि समय लागे तर  सवैभन्दा वढि सकस भने खुला तर्फको मतगणना नै रहयो । खुला तर्फका ९० जनालाई नै चित्त वुझाउन एक ठाउँमा मात्रै मतगणना भएको र उक्त गणना प्रोजेक्टर लगाएर सवै केन्दीय सदस्य र उनका प्रतिनिधिलाई समेत देखाएर गरिएको थियो ।

नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीले आफ्नो महाधिवेशनमा समयानुकूल प्रविधिलाई विश्वास नगर्दा मत गणनामा यस्तो झन्झट भोग्न परेकोमा दुई मत छैन । त्यसैले विश्वमा भइरहेका प्रविधिको विकाससँगै नेपाली दलहरुले पनि आफूलाई ढाल्न अपरिहार्य वनिसकेको प्रसँगमा काँग्रेसको यो महाधिवेशन बलियो नजिर बनेर रहनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV