१ चैत्र २०७२, सोमबार

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी स्टाफ नर्सको सेवा सुरु गरेको भन्दै गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा कार्यरत उषा शर्मा यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

akhitar-660x330
आयोगका प्रवक्ता कृष्णहरि पुस्करकाअनुसार यादवले नियुक्ति प्रयोजनका लागि पेस गरेको विहार विद्यालय परीक्षा समिति पटना भारतबाट सन् १९९६ मा माध्यामिक तह उत्तीर्ण गरेको भनिएको प्रमाणपत्र नक्कली पाइएको हो । आयोगले यादवलाई हदैसम्मको कारबाहीको माग गरेको छ । रासस

 

LIVE TV