१ चैत्र २०७२, सोमबार

पोखरा, ‘लगानीको सम्वद्र्धन, उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ सञ्चालित राष्ट्रिय औद्योगिक व्यापार मेला रु पाँच करोडभन्दा बढीको कारोवार गर्दै आज सम्पन्न भएको छ ।

pok-2-644x330
पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा फागुन २१ गतेदेखि सुरु भएको मेला करिब दुई लाख दर्शकले अवलोकन गरेको सङ्घका महासचिव रवीन्द्रबहादुर प्रजुले जानकारी दिनुभयो ।

मेलाको समापन समारोहमा पोखराका शिक्षाविद् जर्ज जोनलाई सम्मान गरियो । त्यस्तै मेलामा उत्कृष्ट ठहरिएका व्यापार कक्षहरु चम्पा कपडा, व्यापारमा हर्वल फुड्स प्रालि, शीतल जडिबुटी, रेन्वो ह्यान्डीक्राप्mट, एएसबी अटोमोबाइन्स, श्रीराम नर्सरी, जेनेक्स अटोमेशन प्रालि र इमोन क्याफेलाई सम्मान गरियो ।

क्यान इन्फोटेकको सातौँ संस्करण सूचना प्रविधि मेलासमेत समावेश गरिएको सो मेलामा विशेष प्रकारका ७८ वटा सूचना प्रविधिसम्वन्धी कक्षसहित ३०६ व्यापार कक्ष राखिएको थियो । मेलामा अन्तर उद्योग वाणिज्य सङ्घ लोकदोहोरी प्रतियोगिता तथा ख्याति प्राप्त साङ्गीतिक समूह र लोकनृत्यलगायत कार्यक्रम गरिएको थियो ।
समापन समारोहमा पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइरालाले मेलाबाट उत्पादित वस्तुको बजारीकरणमा सघाउ पुगेको विचार व्यक्त गर्नुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV