
काठमाडौँ, पुर्व मन्त्री, परराष्ट्रविद् र विभिन्न राजनीतिक दलका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणमा राष्ट्र हित र छिमेकीको चासो बुझेर सम्झौता गर्नु पर्ने धारणा राखेका छन् ।
पूर्व परराष्ट्रमन्त्री एबं नेपाली काग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य डा. प्रकाश शरण महतले दुई चीनसँग पूर्वाधार विकास, निर्यातमा शुन्य भन्सारको व्यवस्था कायम गर्ने र आफ्नो भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन नदिने विश्वास दिलाउनु पर्ने सुझाब दिनुभयो ।
पूर्व अर्थमन्त्री एकीकृत नेकपा माओवादीका सचिव वर्षामान पुनःले छिमेकीहरुसँगको सन्तुलित सम्बन्ध राष्ट्रिय हितमा हुने बताउनुभयो । उहाँले राष्ट्र हितलाई ध्यानमा राखेर प्रधानमन्त्रीले चीन भ्रमणमा सन्धी सम्झौताहरु गर्नु पर्ने सुझाब दिनुभयो ।
नेकपा एमालेका सभासद एवम विदेश मामिला जानकार डा. राजन भट्टराईले प्रधानमन्त्रीको चीन भ्रमणमा चीनबाट समेत भुपरिबेष्ठित नेपालले पारवहन अधिकार पाउने विषय, चीनबाट ईन्धन ल्याएर एकतर्फी निर्भरता हटाउन ईन्धन आपूर्ति सम्झौता हुने जानकारी दिनुभयो ।
परराष्ट्र विद्ध हिरण्यलाल श्रेष्ठले प्रधानमन्त्रीको चीन भ्रमणले सहज रहेको सम्बन्धलाई अझै सहज बनाउने विश्वास व्यक्त गर्नुभयो ।
श्रेष्ठले चीन विरोधी गतिविधि रोक्ने नेपालले ब्यवहारमै सुरक्षा ब्यवस्थापन गर्नु पर्ने बताउनुभयो ।