१ चैत्र २०७२, सोमबार

ललितपुर,  वन तथा भू–संरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले हरितगृह ग्यासबाट धेरैजसो विपन्न परिवारका सदस्यलाई प्रभाव पारेको बताउनुभएको छ ।

agni-sapkota
वन तथा भू–संरक्षण मन्त्रालय र अन्तर्राष्ट्रिय कृषि विकास कोषले संयक्तरुपमा आयोजना गरेको ‘पहाडी साना किसानका लागि अनुकूल आयोजना’कोे आज यहाँ उद्घाटन गर्दै उहाँले विपन्न परिवारलाई बचाउन आयोजनाको लक्ष्यअनुरुप कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री सापकोटाले भन्नुभयो, “आयोजनाले लक्ष्य मात्र लिने होइन, कार्यान्वयन पक्षलाई समेत जोड दिनुपर्छ ।” उहाँले जलवायु परिवर्तनले विश्वका धेरै मुलुकलाई असर परिरहेको उल्लेख गर्नुभयो । वैशाख १२को विनासकारी भूकम्पले जमिनको सतहमा रहेका पानीको स्रोतलाई जमिनको निकैमुनि पु¥याएकाले चुनौती थपिएको उहाँको भनाइ थियो ।

वन तथा भू–संरक्षण मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरले रु तीन अर्ब ७० करोडको लागतमा सञ्चालन हुने सो आयोजना सन् २०२१ मा सम्पन्न हुने जानकारी दिनुभयो ।

जलवायु परिवर्तनबाट स्थानीय निकायमा उत्पन्न सङ्कट न्यून गर्ने उद्देश्यसहित सुरु गरिएको सो आयोजना मध्यपश्चिमाञ्चका कालीकोट, दैलेख, रुकुम, सल्यान, रोल्पा र जाजरकोट गरी छ जिल्लामा सञ्चालन हुनेछ । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV