१ चैत्र २०७२, सोमबार

काठमाडौँ,   गोलेसमोहनबिक्रम सिंहले नेतृत्व गरेको नेकपा मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष वीर बहादुर गोलेसहित डेढसय बढी कार्यकर्ता एमाओवादी प्रवेश गरेका छन् ।

prachanda4

जनमोर्चा नेपालको हालै सम्पन्न राष्ट्रिय सम्मेलनमा असन्तुष्ट खेमाको नेतृत्व गरेका गोलेसँगै दर्जनौं अन्य कार्यकर्ता समेत एमाओवादीमा गएका हुन ।

एमाओवादी मुख्यालय पेरिस डाँडामा आज आयोजित एक कार्यक्रममा उनीहरुले एमाओवादीमा प्रवेशको घोषणा गरे । उनीहरुलाई एमाअाेवादी अध्यक्ष प्रचण्डले टिका लगाएर पार्टीमा अाैपचारिक स्वागत गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV