
काठमाडौँ, नेपाली काँग्रेसको १३ औ महासधवेशनको सवै पदहरुको मत परिणाम सकिएसँगै अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । महाधिवेशनमा सवै पदहरुको परिणाम आउन झन्डै एकसाता भन्दा वढि समय लागेको छ । नेपाली काँग्रेसको सभापतिमा शेरवहादुर देउवा विजयी हुनुभएको थियो भने महामन्त्री पदमा डा. सशांक कोइरालाले वाजी मार्नुभएको थियो । अन्तिम मत परिणाले सभापति देउवाले सुविधाजनक बहुमत त प्राप्त गर्नुभएको छ तर त्योसँगै केही चुनौतिहरु पनि देखिएका छन् ।
सवै पदहरुको परिणाम सार्वजनिक हुँदा नवनिर्वाचित सभापति शेरवहादुर देउवालाई सुविधाजनक वहुमत समेत प्राप्त भएको छ । पदाधिकारीमा महामन्त्री र कोषाध्यक्ष लगायतका केही केन्दीय सदस्य पौडेल पक्षवाट निर्वाचित भए पनि केन्दीय सदस्यमा भने देउवा पक्षका अधिकांश नेताले केन्दीय सदस्यमा जित हात पारेका छन । त्यस्तै अवको नेपाली काँग्रेसको नयाँ नेतृत्वमा सभापति देउवा, महामन्त्री कोइरालासँगै केन्द्रीय सदस्यहरुमा डा.शेखर कोइराला, खुमवहादुर खडका, प्रकाशमान सिंह, केबी गुरुङ, प्रदिप गिरी,प्रदिप पौडेल, वालकृष्ण खाँड लगायतका व्यक्तिहरु निर्वाचित भएका छन ।
नेपाली काँग्रेसको १३ महाधिवेशनमा सवै पदहरुको मतपरिणाम सार्वजनिक भएसँगै अव मनोनित गर्नुपर्ने उपसभापति, महामन्त्री, सहमहामन्त्री, केन्दीयसदस्यमा विभिन्न व्याक्तिहरुको चर्चा समेत चल्न थालेको छ । नवनिर्वाचित सभापति शेरवहादुर देउवासँग स्पष्ट वहुमत भएपनि पार्टीलाई एकतावद्ध वनाउन काँग्रेसको १३ औ महाधिवेशनमा पराजित भएका नेताहरुलाई समेत उचित जिम्मेवारीका साथ सँगै लैजानुपर्ने चुनौति देउवालाई छ । मूख्य रुपमा सभापति देउवा समक्ष सभापतिमा पराजित हुनुभएका रामचन्द्र पौडेल,कृष्णप्रसाद सिटौला,महामन्त्रीमा पराजित अर्जुननर्सिङ केसी, गगन थापा र कोषाध्यक्षमा पराजित चित्रलेखा यादव, उमाकान्त चौधरी लगायतका नेताहरुलाई सम्मानजनक जिम्मेवारी दिनुपर्ने चुनौति छ ।
नवनिर्वाचित सभापति शेरवहादुर देउवालाई सुविधाजनक वहुमत भए पनि उहाँलाई काम गर्न त्यति सजिलो भने देखिदैन । त्यसो त देउवाले सभापतिमा निर्वाचित भएलगत्तै अव पार्टीलाई एकतावद्ध वनाउने र सवैलाई मिलाएर लैजाने अभिव्यक्ति समेत दिइसक्नुभएको छ । नवनिर्वाचित सभापति देउवाले भनेजस्तै सवै नेता कार्यकर्तालाई रिझाएर लैजान सके उहाँको कार्यकाल निश्चय नै सफल हुने देखिन्छ । पार्टीलाई एकतावद्ध गरि सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसको नेपाली राजनीतिमा रहेको साख र नेपाली जनताको आशा दुवैमा खरो उत्रन सभापति देउवाले अग्नीपरीक्षा दिनेबेला आएको छ ।