काठमाडौँ, साताको दोस्रो दिन सुनको भाउ स्थिर छ । सुन सोमबार प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि आइतबार प्रतितोला ५ सय घट्दै ५६ हजार रुपैयाँमा झरेको थियो र सोही भाउमा सोमवार पनि कारोबार भएको हो । त्यस्तै सोमवार तेजावी सुन प्रतिातोला ५५हजार ७ सय ५० रुपैयाँमा कारोवार भएको छ । डलरको भाउमा भएको उत्तारचढाव कारण सुनको भाउमा उत्तारचढाव आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकोे छ । चाँदीको मूल्य पनि सोमबार स्थिर हुँदै ७ सय ३० रुपैयाँमै कारोबार भएको छ ।