१ चैत्र २०७२, सोमबार

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे आज एक दैनिक (अन्नपूर्ण पोष्ट)मा प्रकाशित समाचार सत्यतामा आधारित नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

pm office
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जारी गर्नुभएको प्रेस नोटमा चीन भ्रमणका सम्बन्धमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा पूर्वपरराष्ट्र सचिवसँग गर्नुभएको सामूहिक परामर्शका क्रममा सो पत्रिकामा प्रकाशित समाचारमा उल्लेख भएजस्तो कुनै कुरा नउठेको जनाइएको छ ।

‘पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई तथा पूर्वपरराष्ट्रमन्त्री डा रामशरण महतले भनेको भनी समाचारमा उद्धृत कुरा कपोलकल्पित र भ्रामक भएको स्पष्ट पार्दछाँै’– विज्ञप्तिमा भनिएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV