
काठमाडौँ, उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपालको धार्मिक साँस्कृतिक अवस्थामाथि लगातार आक्रमण भइरहेको वताउनुभएको छ । विभिन्न नाममा नेपाली समुदायलाई टुक्राउने खेल भइरहेको भन्दै मन्त्री थापाले यसप्रति सबै सचेत हुनुपर्ने बेला आएको वताउनुभयो ।
सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री थापाले नेपालको संविधान निर्माण गर्दा जातीय, क्षेत्रीय, लैङिगक सवै क्षेत्रको उल्लेख्य सहभागिता रहेको स्पष्ट पार्नुभयो । मन्त्री थापाले नेपालको जस्तो विशेषता भएको संविधान संसारका कुनै पनि प्रजातान्त्रिक मुलुकमा नभएको दावी समेत गर्नुभयो ।
उहाँले दिनहूँ विदेशिने सयौ युवाहरुलाई रोकेर नेपालमै राजगारीको अवसर सिर्जना गर्न आवश्यक रहेको वताउनुभयो ।