१ चैत्र २०७२, सोमबार
उत्तर कोरियामा सोमबार ३.१ म्याग्निच्यूडको भूकम्प  गएको छ।
 North_Korea_earthquake_130228776
दक्षिण कोरियाको सरकारी मौसम विज्ञान एजेन्सीले उत्तरमा भूकम्पको धक्का महसुस भएको पुष्टि गर्दै फेरि परमाणु परीक्षण भएकोबारे जानकारी नमिलेको उल्लेख गरेको छ ।
दक्षिणकोरियाको मौसम विभागले उत्तरले परमाणु परीक्षण गरेको जानकारी नआएकाले प्राकृतिक कारणबाटै भूकम्प गएको हुनसक्ने दाबी गरेको छ ।
कोरिया मौसम विज्ञान प्रशासन (केएमए) का अनुसार भूकम्प उत्तर कोरियाको सोङ्गलिम शहर नजिकै बिहान पाँच बजेर १७ मिनेटमा गएको हो ।
यो भूकम्प कुनै परमाणु परीक्षणको नतिजा होइन’, केएमएका एक अधिकारीले भने, ‘किन कि भूकम्प गएको क्षेत्र उत्तर कोरियाको परमाणु परीक्षणस्थल पुङ्गये रिबाट धेरै टाढा रहेको छ ।’
केएमएका ती अधिकारीले यसलाई प्राकृतिक भूकम्प भएको बताउँदै उत्तरबाट आज कुनै  परमाणु परीक्षण नभएको बताए ।
यो भूकम्पबाट कुनै किसिमको क्षति नभएको दक्षिणकोरियाको मौसम विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV