१ चैत्र २०७२, सोमबार

काठमाडौँ,  प्रधानमन्त्री  केपी ओलीको चैतको पहिलो हप्तादेखि  हुन लागेको चीन भ्रमणको क्रममा सहभागी हुने टोलीको टुंगो लागेको छ ।

pm kp china

प्रधानमन्त्रीको नेतृत्वमा चीन भ्रमणमा निस्कन लागेको सो टोलीमा चारजना मन्त्रीसहित करिब भारत भ्रमणकै जत्रो जम्बो टिम हुने देखिएको हो ।
भ्रमण टोलीमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, आपूर्ति मन्त्री गणेशमान पुन र वाणिज्यमन्त्री दिपक बोहोरसहित ४० जना भन्दा बढीको सहभागिता रहने निश्चित भैसकेको बताइएको छ ।
भ्रमणका क्रममा सम्बन्धित देशसँग हुने सम्भाबित सम्झौता र मन्त्रालयहरुलाई मध्यनजर गर्दै भ्रमण टोलीमा मन्त्रीहरु परेका छन् ।
सरकारी टोली बाहेक नीजि क्षेत्रका टोलीको पनि भ्रमण दलमा सहभागी हुने भएको छ, यद्यपि, व्यापारी टोलीहरुको खर्च भने उनीहरु आफैले ब्यहोर्ने श्रोतले बताएको छ । प्रधानमन्त्री ओलीको नेतृत्वमा चैत पहिलो सातादेखि चीन भ्रमण हुने समय तय भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV