१ चैत्र २०७२, सोमबार

काठमाडौँ, अवैध लागुऔषध खैरो हेरोइनको कारोबार गरेको अभियोगमा लागुऔषध नियन्त्रण ब्युरोले आज फरार अभियुक्त देवेन्द्र विष्टलाई पक्राउ गरेको छ ।

download (1)
गत फागुन २४ गते शङ्खमूलमा पसल गरी बस्ने ३२ वर्षीय राजेश घजुको पसलबाट खैरो हेरोइन फेला परेको थियो । अनुसन्धानका क्रममा ब्युरोले बरामद गरेको खैरो हेरोइन बाजुरा जगन्नाथ गाविस–२ का २४ वर्षीय विष्टले बिक्री वितरण गर्नका लागि दिएको पुष्टि भएको थियो ।

ब्युरोले फरार प्रमुख अभियुक्त विष्टलाई आज डिल्लीबजारबाट पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV