१ चैत्र २०७२, सोमबार

दुबई- संयुक्त अरब इमिरेटस् (युएई) द्वारा इरानको समर्थथन प्राप्त यमनी विद्रोही विरुद्ध हवाई काबाही सञ्चालन गर्न पठाएको एउटा युद्धक विमान बेपत्ता भएको युएईले सोमबार जनाएको छ ।

plain fighter
संयुक्त सुरक्षा फौजका उच्च सैन्य अधिकारीका अनुसार यमनको सरकार विरुद्ध आन्दोलन गर्दै आएका विद्रोही लडाकूलाई सघाउन गएको विमान यमनको आकासबाटै बेपत्ता भएको बताएका यहाँको सरकारी समाचार संस्था डब्लुएएमले बताएको छ ।

साउदी अरब नेतृत्वको संयुक्त सुरक्षाकर्मीले यमनमा इरानको समर्थन प्राप्त विद्रोही विरुद्ध विगत लामो समयदेखि कारबाही सञ्चालन गर्दै आएको छ । रासस÷एएफपी

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV