१ चैत्र २०७२, सोमबार

‘नाई नभन्नु ल’ फिल्मको चौथो सिक्वेल फिल्म ‘नाई नभन्नु ल ४’ को काठमाडौंमा भएको एक प्रेसमिटमा अफिसियल प्रोमो सार्वजनिक गरीयो । नाई नभन्नु ल फिल्मको चौथो श्रृङखलाको रुपमा फिल्म ‘नाई नभन्नु ल ४’ रहेको छ । निर्माण पक्षले ‘नाई नभन्नु ल ४’ फिल्मलाई सिक्वेल फिल्म नभनीकन श्रृङखला भन्ने गरेका छन् । फिल्म ‘नाई नभन्नु ल ४’ लाई बिकास आचार्यले निर्देशन गरेका हुन् भने निर्माताको रुपमा हरीबोल भण्डारी र दिनेश पोखरेल रहेका छन् । फिल्म ‘नाई नभन्नु ल ४’ भावनात्मक कथा र गीत संगीत सँग जोडिएको फिल्म रहेको निर्माण पक्षले जनाएका छन् । नाई नभन्नु ल फिल्मको चौथो श्रृङखलाको रुपमा रहेकको फिल्म ‘नाई नभन्नु ल ४’ मा पनि पहिले जस्तै कथा र गीत सं)गीतलाई नै निरन्तरता दिईएको बताईएको छ । पहिलो श्रृङखलामा छुटेको वयस्क प्रेम कथा ‘नाई नभन्नु ल ४’ फिल्ममा दोहोरीएको बताइएका छन् ।
vlcsnap-2016-03-14-16h38m08s022
चौथो श्रृङखलाको रुपमा रहेकको फिल्म ‘नाई नभन्नु ल ४’ मा एसोसिएट निर्देशकको रुपमा मुस्कान ढकाल रहेका छन् । फिल्म ‘नाई नभन्नु ल ४’को लेखन निर्देशक बिकास आचार्य र सामिप्यराज तिमल्सिनाले गरेका छन् । त्यस्तै बसन्त सापकोटाको संगीत रहेको छ । गीत संगीतले भरिपुर्ण फिल्म ‘नाई नभन्नु ल ४’मा राजेश पायल राई,सुगम पोखरेल,प्रल्हात तिमल्सिना,प्रेम परीयार,रजीना रीमाल, ईन्दिरा जोसि, लगाएत्का गायक गायिकाहरुको स्वर रहेको छ । यसै फिल्म ‘नाई नभन्नु ल ४’बाट मोडल पल शाह पनि नेपाली फिल्म ईन्डष्ट्रिमा करिअर सुरु गरेका छन् । फिल्ममा पल शाहका साथै सरोज खनाल, प्रियंका कार्की, अनुभव रेग्मि,उत्तम केसि,शिशिर भण्डारी,मरीचमान श्रेष्ठ,आकाश पल लगाएतका कलाकारहरुले अभिनय गरेका छन् ।
vlcsnap-2016-03-14-16h39m06s555

‘नाई नभन्नु ल ४’ फिल्मको मुख्य सहायक निर्देशकको रुपमा सुदिप कुँवर रहेका छन् । तेस्तै, अर्जुन जिसिले सम्पादन र पुरुषोत्तम प्रधानले छायाङकन सम्हालेका छन् । नृत्य निर्देशन भने कबिराज गहतराजले गरेका छन् । फिल्म ‘नाई नभन्नु ल ४’मा रहेका गीतहरुको रचना भने विकास आचार्य,कृष्ण हरी बराल र बसन्त सापकोटाले गरेका हुन् । नव नायक पल शाहको लगि भने यो बिशेष फिलम रहने भएको छ । प्रोमो सार्वजनिक कार्यक्रममा निर्देशक बिकास आचार्य, नायिका प्रियंका कार्की,पल शाह लगाएतका फिल्मको युनिटका साथै बाक्लो पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
vlcsnap-2016-03-14-16h39m36s652

vlcsnap-2016-03-14-16h40m52s107

प्रतिक्रिया दिनुहोस्

LIVE TV