१ चैत्र २०७२, सोमबार

फिल्म ‘पर्शुराम’ निर्माणको पनि घोषणा भएको छ । निर्माता रोज राणाले निर्देशन गर्न लागेको फिल्म ‘पर्शुराम’ को कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले घोषणा गरेका हुन् । फिल्म ‘पर्शुराम’को छायाङकन भने आजबाट सुरु भएको छ । निर्माण हुदै गरेको फिल्म ‘पर्शुराम’मा ५ वर्ष पछि पुनः नेपाली फिल्म ईन्डष्ट्रिमा एक्शन नायक बिराज भट्ट पनि देखिदैछन् । फिल्ममा बिराज भट्टका साथै नीशा अधिकारी,देशभक्त खनाल,रविन तामाङ ध्रुव कोईराला, सुन्दर श्रेष्ठ लगाएतका कलाकारहरुले अभिनय गर्दैछन् । निरन्तर रुपमा ६ वटा फिल्म निर्माण गरेर मौन रहेका निर्माता रोजले अब भने फिल्म‘पर्शुराम’बाट निर्देशनमा पनि हात हालेका छन् । फिल्म ‘पर्शुराम’को घोषणा कार्यक्रममा बोल्दै आफुले ५ वर्षपछि कस्तो फिल्म कस्तो बनाउने भन्ने बिषयमा अध्ययन गर्न लागेका बताएका छन् ।
vlcsnap-2016-03-14-11h47m11s053
एक्शन नायक बिराज भट्ट पनि फिल्म ‘पर्शुराम’बाट पुनः नेपाली फिल्म क्षेत्रमा फर्केका छन् । उनले अभिनय गरेका फिल्महरुले राम्रै दर्शकहरुको साथ पाउँदा पाउँदै उनि भोजपुरी फिल्म क्षेत्रतिर लागेका थिए । तेस्तै नायक भट्टले नेपाली फिल्म क्षेत्रलाई धोका दिएको फिल्मकर्मीहरुले आलोचना पनि गरेका थिए । तर नायक बिराज भट्ट विविध कारण नेपाली फिल्ममा काम गर्न नसकेको बताएका छन् ।
vlcsnap-2016-03-14-11h47m54s529
फिल्म ‘पर्शुराम’ सोफिया सिने आर्टसले प्रस्तुत गर्ने भएको छ । त्यस्तै लगानी भने मिलन श्रेष्ठले गर्दैछन् । फिल्म ‘पर्शुराम’को घोषणा कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ आरजु देउवाले बिराजलाई बञ्चरो दिएकी छिन् । यस प्रसंगलाई केलाउँदा फिल्म पर्शुराम एक्शन फिल्म हुने अनुमान गर्न सकिन्छ । फिल्ममा पर्शुरामको हतियार नै बन्चरो रहने भएको छ । कार्यक्रममा उपस्थित यसै ‘पर्शुराम’ फिल्मका नायिका नीशा अधिकारी भने राधाको भुमिकामा अभिनय गर्न लागेकी बताईन् । तेस्तै फिल्म नैना रेसममा पनि उनि नायक बिराज भट्टसँग काम गरेकी थिईन् । जुन फिल्म जस्तै निशा र बिराजको जोडि पुनः जम्नेमा पनि नीशा बिश्वस्त रहेकी छिन् ।निखिल उप्रेतिको लुटेरा फिल्ममा अभिनय गरेर निकै चर्चामा आउन सफल नायिका नीशा अब रोज राणाको पर्शुराम फिल्मका देखिदै छिन् ।
vlcsnap-2016-03-14-11h49m59s807
vlcsnap-2016-03-14-12h06m07s238

प्रतिक्रिया दिनुहोस्

LIVE TV