
नेपाली कांग्रेसमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा खुला र आरक्षणका अधिकांश पदमा पुरानै अनुहार हाबी भएका छन् । १३ औं महाधिवेशनअन्तर्गत फागुन २३ गते भएको निर्वाचनका मत परिणाम आउने क्रम जारी छ ।
हालसम्म पदाधिकारीसहित सदस्य गरी २५ जना निर्वाचित भइसकेका छन् । निर्वाचितमध्ये अधिकांश अघिल्लो केन्द्रीय समितिका पदाधिकारी र सदस्य छन् ।
केन्द्रमा आउने कोसिस गरेका अधिकांश नयाँ अनुहार पराजित भएका छन् । शनिबार सम्पन्न महिला, मधेसी, जनजाति र दलिततर्फको नतिजामा अघिल्लो समितिका सदस्यको वर्चस्व रहेको छ । आरक्षणमा पनि पुरानै अनुहार हावी छन् । नागरिक दैनिकमा खबर छ ।