१ चैत्र २०७२, सोमबार

नियामक निकायको सुझाव लत्याउँदै पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले सिंगल इन्जिन जहाजमा यात्रु बोक्न दिन नहुने एकतर्फी निर्णय गरेका छन् ।

निजी वायुसेवा कम्पनी काष्ठमण्डपको सिंगल इन्जिनयुक्त जहाज गत फागुन १४ गते कालिकोटमा दुर्घटना हुँदा क्याप्टेन र को–पाइलटको ज्यान गए पनि सबै नौ यात्रु सामान्य घाइते भएका थिए ।

Anand-Pokharel

लगत्तै उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै सिंगल इन्जिन जहाज तत्काल नउडाउन मौखिक निर्देशन दिँदै ती जहाजको प्राविधिक पक्ष अनुगमन गरेको थियो ।

त्यसपछि ती जहाज सबै चुस्तदुरुस्त छन् । समस्या केही नरहेको सुझावसहित प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको सम्बद्ध एक अधिकारीले जानकारी दिए । नागरिक दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV