१ चैत्र २०७२, सोमबार

नेपाली नारी समाज पोर्तुगलले राजधानी सहर लिस्बोनमा “महिलाको सशक्तिकरण लागी पुरुषको भूमिका “बिषयक विचार गोष्ठी सहित बिबिध संस्कृतिक कार्यक्रमको आयोजना गरी १०६औ अन्तररास्ट्रिय महिला दिवस भब्य रुपमा मनाएको छ ।

1421385_10153988428276944_803762152_n 12721729_10153988428271944_199099151_n

अन्तररास्ट्रिय महिला दिवस ८ मार्चमा भएता पनि दिन भए पनि समयानुकुलका कारण सो कार्यक्रम पोर्तुगलमा १२ मार्चमा मनायिएको कार्यक्रम की संचालिका तथा समाज की महासचिब मनु मल्ल रानाभाट ले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि लिस्बोनका लागी नेपाली अवैतनिक राजदुत मकर बहादुर हमाल तथा बिशेष अतिथि एनआरएन आइसीसी सदस्य रमेश कुमार गुरुङ ,एनसीसी पोर्तुगलका अध्यक्ष भिम केसी कमल ,समाजकी अध्यक्ष सिता बराल र महिला हिंशा बिरुद्दकि महिला अधिकारकर्मी डा ज्योति तुलाधरले संयुक्त रुपमा पानस मा बत्ति बालेर उद्घाटन गरेका थिए भने नेपाली नारी समाजका सदस्यहरु द्वारा प्रस्तुत सामुहिक गीत मार्फत सबै अतिथिहरुलाइ स्वागत गरिएको थियो । कार्यक्रमको मुख्य उद्देस्य “महिलाको सशक्तिकरण का लागी पुरुषको भूमिका “रहेकोले नेपाली समाज का विभिन्न पेशा, राजनैतिक आस्थाका पुरुषहरुले आ-आफ्नो बिचार राखेका थिए भने सबै को विचार लाई लैंगिक विशेसज्ञ डा ज्योति तुलाधर ले समिक्ष्या गर्नुभएको थियो |

यसरी आ-आफ्नो धारणा राख्नेहरुमा पत्रकार तर्फ़ गणेश पाण्डेय र दिपक राजभण्डारी , एन आर एन को तर्फबाट रमेश कुमार गुरुङ ,भिम केसी कमल , नारी समाज को तर्फ़ बाट कला राइ र सुनिता मानन्धर अनि लैंगिक विशेसज्ञ को तर्फबाट डा ज्योति तुलाधर का साथै एक दर्जन आदि दर्जन भन्दा बढी बक्ताहरु ले आ- आफ्ना धारणाहरु ब्यक्त गरेका थिए | कार्यक्रम लाई रोचक बनौन को लागि केहि संस्कृतिक झाकीहरु पनि प्रस्तुत गरिएको थियो | सो कार्यक्रमा पोर्तुगलमा रहेका प्रायसबै जसो संघ संस्थाका प्रतिनिधि हरुको साथै नेपाली समुदाय र महिला हरुमाथि चासो र सरोकार राख्ने स्थानीय पोर्तुगिज हरुको समेत बाक्लो उपस्थित रेहको थियो ।

Photo courtesy: Arjun Jaiswal

प्रतिक्रिया दिनुहोस्

LIVE TV