३० फाल्गुन २०७२, आईतवार

नेपालगन्ज-बर्दिया जिल्ला अदालतबाट हत्याको अभियोग थुनामा रहेको एक अभियुकत फरार भएका छन ।

pakrau-Murder_Case_Bardiya_699001956 (1)

६९ वर्षीय जोरासिंह थापाको हत्याका आरोपी अजीव बुढा क्षेत्री जिल्ला अदालत गुलरियाबाट आइतबार फरार भएका हुन्।
अभियुक्त थापालाई थुनछेक बहसका लागि जिल्ला प्रहरी कार्यालय बर्दियाबाट अदालत लगिएको थियो ।
अदालत परिसरभित्रै रहेको शौचालयको भेन्टिलेसन फोरेर अभियुक्त थापा फरार भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी विष्णु थापाले बताए । उनी लामो समय शौचालयबाट बाहिर ननिस्किएपछि प्रहरीले ढोका फोरेर हेर्दा अभियुक्त फरार भइसकेका थिए।

फागुन ५ गते ठाकुरद्वारा–४, सुतैयाका थापालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा बुढालाई फागुन ६ गते प्रहरीले पक्राउ गरेको थियो।

प्रमुख जिल्ला अधिकारी थापाले अदालतको शौचालयबाट भागेका फरार अभियुक्तको खोजी कार्य तीव्ररुपमा भइरहेको बताए ।
‘भागेको सत्य हो, अभियुक्तको खोजीका लागि प्रहरी व्यापकरुपमा परिचालन गरिएको छ’, प्रजिअ थापाले भने ।

LIVE TV