३० फाल्गुन २०७२, आईतवार

–  यादब देवकोटा / संगीता भट्ट
यस्तै हेडलाइनहरु हुन् जसले तपाइंको सहि सुचनाको हकलाइ बारम्बार कुण्ठित गरिरहेको छ । र जुन हेडलाइन सरासर झूट छ । यस्ता थुप्रै समाचार हरु छन् जो तपाईं बारम्बार सामाजिक सञ्जाल र इन्टरनेट बाट हेरिरहनु भएको हुन्छ वा भनौ नियाली रहनु भएको हुन्छ । यो सरासर झूट हो ! विभिन्न अनलाइनहरु र व्लग हरुमा देखिएका हेडलाइनले तपाइंलाई एक पटक क्लिक नगरी धरै दिंदैन तर किल्क गर्ने बित्तिकै तपाईंमा रहेको उत्सुकता लाइ निराश बनाइदिन्छ, एकै छिनमा । धरै जसो अनलाइन र ब्लग हरुले जनताको आँखामा छारो हालिरहेको छन् यसै गरि  ।

न्युज २४ टेलिभिजनको अनलाइन टिमले आम जनतालाई सुसुचित र यस्ता भ्रामक र झुटा समाचार बाट पर रहन सचेत गराउने जमर्को गरेको छ ।

हेर्नुस केहि उदाहरण हरु :
यसलाई तपाइंले बडो उत्सुकताका साथ् किल्क गर्नुहुन्छ तर जब क्लिक गर्नुहुन्छ तपाइंले केहि भेटाउनै सक्नुहुन्न ।

1 Capture

a b

यो त एउटा उदाहरण मात्रै हो यस्ता थुप्रै उदाहरणहरु छन् जो तपाइँ हामीले बारम्बार देखिरहेका छौँ  र भोगी रहेका छौँ  ।

नेपालका केही अनलाइन मिडियाहरुले पाठकको ध्यानाकर्षण गर्न भ्रामक समाचार सम्प्रेषण गर्ने गरेका छन् । कतिपय अनलाईन मिडिया र अझै विशेष गरेर व्लग हरु लोकप्रिय बन्नका लागी अश्लील फोटो राखेर शिर्षक पनि अश्लील राख्ने गरेको पाईएको छ ।

तथ्यभन्दा बाहिर गई प्रकाशित समाचारले पठक वर्गमा मिडिया प्रती नकारात्क प्रभाव पर्ने गर्दछ । यसो बाहिर वाट हेर्दा हो जस्तै बनाएर फिचर फोटो राख्ने अनि समाचारको शिर्षक पनि यथार्थता भन्दा वाहिर गएर भ्रामक  कपोकल्पीत बनाउने अझै त्यहि माथि भिडियो सहित भनेर पोष्ट गर्ने र खोलेर हेर्दा खाली हुने गरेको पाइदै आएको छ ।

यस्ता भ्रामक र मनगढन्ते समाचारले समाजमा नकारात्मक सन्देश जाने गरेको छ । निर्दोष व्यक्तिहरुको व्यक्तिगत आचरण, दुई व्याक्ति विच आपसि द्धन्द्ध र कसैको चरित्रमा धक्का लाग्ने हुँदा एक पटक लेख्नु पूर्व दुई पटक सोच्ने गरे मिडिया को इमेज खल्वलिन वाट जोगिन सक्छ ।

5 2

कलम चलाउने जो कोही भए पनि समाजमा ठोस समाचार बोध गराउन र यस्ता भ्रमक र गलत प्रवृतिको समचार नलेखी राग द्धेष र मोह रहित भएर बहुजन हिताय, बहुजन सुखाय भन्ने यथार्थ समाचार प्रकाशित गर्न राम्रो हुन्छ ।

LIVE TV