३० फाल्गुन २०७२, आईतवार

 

युवती बलात्कारको आरोपमा जेल पुगेका सप्तरी फुलकाहीका एक युवक जेलबाट छुटेपछि सोही युवतीसँगै विवाह बन्धनमा बाँधिएका छन् ।

पुरनावेदन अदालत राजविराजको आदेशअनुसार शुक्रबार साधारण तारेखमा रिहा भएका २० वर्षीय दीपेन्द्रकुमार यादव र बलात्कारको शिकार भएकी १८ वर्षीया मन्जुकुमारी यादवबीच अधिकारकर्मी र कानुन व्यवसायीको रोहबरमा यहाँस्थित भगवती मन्दिरमा विवाह भएको हो ।

hatkadi

वैवाहिक समारोहमा युवकका बुबा जगतलाल यादव र युवतीका बुबा पच्चु यादव र परिवारका सदस्य र आफन्त सहभागी भएका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकका अनुसार बलात्कारको आरोपमा थुनामा परेपछि उनीहरुका अभिभावकले आपसमा छलफल गरी विवाहको टुंगो लगाएका थिए ।

 

LIVE TV