३० फाल्गुन २०७२, आईतवार

सहायता जिवनका लागि भन्ने मुल नाराका साथ सपोट नेटवर्क फाउण्डेशन नेपाल ले पर्वतमा एक कार्यक्रम गरि राहात वितरण गरेको छ । पर्वतको देविस्थान गाबिस स्थित माझिगाँउ प्रथामिक बिद्यालयमा बिद्यार्थिहरुलाई शैक्षिक समाग्री झोला,स्विटर तथा स्कुलका लागि १ थान कम्प्युटर वितरण गरेको हो । त्यस्तैगरी सक्रिय आमा समुह फलेवासमा विवाहा, उत्सवका लागि दुई थान त्रिपाल साथै मोदिवेनि दिब्य धामका सोह्र जना वृदहरुलाई खाद्यान्न, लत्ताकपडा वितरण गरेको हो ।

12825117_1136576116374296_2136662273_n

संस्थाका अध्यक्ष टंकनाथ लामिछानेको अध्यक्षतामा संचालित कार्यक्रममा द नेपलिज यसोसियसन अफ स्कुल लाईवेरी का अध्यक्ष सारदा सिवाकोटी,लिडिङ्ग ओमन यसोसियसन का अध्यक्ष जानकी प्रधान,माझिगाँउ प्रा.वि का प्रधानध्यापक प्रेम शर्मा पौडेल, कुँ भ्या सामुदायिक महिला समुह की संस्थापक सुहाग जोशि, समाज सेवि खुमराज पराजुलि,मुस्ताङ्ग जिल्लाका जिल्ला ईन्जीनियर रबिन्द्र तिवारीले मन्तब्य राख्नुभएको थियो भने स्वागत मन्तब्य सदस्य वलराम भुसाल तथा संचालन सचिव कामना रेग्मी ले गर्नुभएको थियो विभिन्न सहयोगदाता, सहयोगी सघं सस्थाहरुको सहयोगमा संस्थाले देशका विभिन्न स्थानमा मानविय सहायताका कामहरु गर्दै आएको सपोट नेटवर्क फाउण्डेशनका कार्यक्रम संयोजक तेजेन्द्र अधिकारीले वताउनु भयो ।

 

LIVE TV