
वर्षीय कल्पना(नाम परिवर्तन) को बिहे सात वर्षअघि दोलखाको दक्षिणी गाँउ भेड्वुका एक युवकसँग भएको थिया । उनले छोरो जन्माइन् ।
सासूससुराले आत्मविश्वास सहित बुहारीलाई घरसम्पत्तिमा सहज अधिकार पनि दिए ।आजको नागरिक दैनिकमा समाचार छ । जिन्दथी राम्रैसँग चल्दै थियो । परिवार चलाउन धौधौ परेपछि घरसल्लाहमै एक वर्षअघि पति विदेसिए । त्यको दुई महिना नवित्दै उनले आफ्नो जिवनमा नयाँ पुरुषलाई प्रवेश दिइन् र पति नर्फकँदै सम्पति लुटपुट्याएर उनीसँगै भागिन् ।
भीमेश्वर नगरपालिका ३ की २१ वर्षीय एक महिलो पति विदेसिएको महिनादिन भित्रै परपुरुषसँग सल्किइन् । विदेशबाट पतिले पठाएको पैसा र मासूससुराको सम्पति गुटमुट्याएर तिनै प्रेमीसँग भागिन् ।
यी दुई प्रतिनिधि घटना हुन् । दोलखा जिल्लामा विदेसिने युवाको संख्या जसरी बढ्दै छ, त्यसरी नै परपुरुषसँग सल्कने संख्या पनि छ । जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला सेलमा पतिको घर छाडेर अन्यत्रै भाग्ने महिलाको खोजतलास गरी पाँउ भनी निवेदन दिने पनि बढेको तथ्यांकले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार साउन यता मात्र मानसि हराएको भन्दै खोजीगरिदिन ८३ वटा निवेदन परेको छ । जसमध्ये महिला हराएको ४८ वटा निवेदन छन् ।