
मलेसियामा अवैध रुपमा कार्यरत २ सय ५८ जना नेपाली कामदार पक्राउ परेका छन् । मलेसियन सरकारले सुुरु गरेको अवैधानिक पूर्नदर्ता कार्यक्रममा सहभागी नभएका नेपाली कामदार पक्राउ परेका हुन् ।
गृहमन्त्रालयको निर्देशन अनुसार ६ सय ५४ वटा अप्रेसन चलाएर प्रहरीले १२ हजार ६ सय ५७ विदेशी कामदारको बैधानिकता परीक्षण गरिएको थियो ।