२९ फाल्गुन २०७२, शनिबार

काठमाण्डौ महानगरपालिका र वडा नागरिक मंच २९ को मातहतमा बनेको गाहिटि पुननिर्माण समितिको नेतृत्वमा स्थानीय ब्यक्तिहरुको लागतमा धर्मिक एवम् ऐतिहासिक महत्व बोकेको काठमाण्डौको ठमेलमा अवस्थित लिच्छबिकालिन पुरातात्विक गाहिटि ढुंगेधाराको पुननिर्माण हुने भएको हो ।

thamel

कुल ४६ लाखको लागत बजेटमा ३ महिना भित्र सम्पन्न गरी पहिलेकै अबस्थामा ल्याउने  लक्ष्यका साथ पुननिर्माण गरिएको गाहिटि पुनर्निर्माण उपसमितिका संयोजक भविश्वर शर्माले बताउनुभयो ।

काठमाण्डौ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङको प्रमुख आतिथ्ंयतामा पुननिर्माणको शिलान्यास गरिएको थियो । धाराको पुननिर्माणमा काठमाण्डौ महानगरपालिको प्राविधिक तथा अन्य सहयोग रहने तामाङले बताउँनुभयो ।

 

कास्की क्षेत्र नं २ का सभासद् शारदा पौडेलले पानी पिएर धाराको उद्घाटन गर्दै स्वर्गीय भवे सार्कीले समाजको उत्थानमा महत्वपूर्ण योगदान पु¥याउनु भएको बताउनुभयो ।

नेपाली काँग्रेस वडा एकाइ समितिको विशेष सहयोगमा पुनःनिर्माण गरिएको उक्त खानेपानी धाराको निर्माणपछि झन्डै ६० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् भने तुल्सीघाट हुँदै मणिपाल आवतजावत गर्नेका लागि पनि सहयोग पुगेको छ ।

धारा उद्घाटन कार्यक्रमका सभासद् शारदा पौडेलले दुई हजार लिटर क्षमताको पानीटङ्की निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले धारा निर्माण कार्यमा सहयोग पु¥याउने सहयोगदाताहरुमा नेका वडा एकाइ समिति बगरका सभापति टङ्कनाथ पौडेल, पुनः युनाइटेड क्लब नदीपुर, स्वर्गीय भवे सार्कीका छोरा गोविन्द नेपाली, राजेश ढुवानी सेवाका गणेश पुन, प्रहरी हवल्दार होमबहादुर क्षेत्री, शङ्करटोल धारा निर्माण समितिका कोषाध्यक्ष शुक्रबहादुर तामाङलगायतका व्यक्तिलाई खादा लगाएर सम्मान गरिएको थियो ।

शङ्करटोल निर्माण समितिका अध्यक्ष देवी नेपालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV