२९ फाल्गुन २०७२, शनिबार

काठमाडौँ,  नेपाली कांग्रेसको १३औ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको खुल्ला २५ पदको मतगणना भइरहेको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा १ हजार १ सय ५३ मतको गणना भएको छ ।

matgananaa

पछिल्लो मतगणनामा समेत शेखर कोइरालाले आफ्नो अग्रता कायमै राख्नु भएको छ । ७ सय १ मत सहित नेता कोईराला शीर्ष स्थानमा हुनुहुन्छ । यस्तै प्रकाशमान सिंह ६ सय ९८ मत सहित दोस्रो र खुमबहादुर खड्का ६ सय ८८ मत सहित तेस्रो स्थानमा हुनुहुन्छ ।

प्राप्त पछिल्लो मत

शेखर कोइराला ७०१
प्रकाशमान सिंह ६९८
खुमबहादुर खड्का ६८८
प्रदीप पौडेल ६७०
पुर्णबहादुर खड्का ६६०
बिमलेन्द्र निधि ६५५
रमेश लेखक ६५५
प्रदीप गिरी  ६५०
केवी गुरुङ ६४७
बालकृष्ण खाँड ६४२
महेश आचार्य ६४१
धनराज गुरुङ ६३८
बलबहादुर केसी ६२९
रामशरण महत ६१४
सुजाता कोइराला ६०८
विश्वप्रकाश शर्मा ५९८
शंकर भण्डारी ५७८
मिनेन्द्र रिजाल ५७६
प्रकाशशरण महत ५७२
नारायण खड्का ५६५
एनपी साउद ५५८
बद्री पाण्डे ५५५
गोपालमान श्रेष्ठ ५५५
चन्द्र भण्डारी ५५४
ज्ञानेन्द्र बहादुर कार्कीले ५४४

पद्मनारायण चौधरी ४९६
जिपछिरीङ् लामा ४८७
उदयशमशेर राणा ४७८
डिना महालक्ष्मी उपाध्याय ४६६
अशोक कोइराला ४५९

समितिले आरक्षणतर्फको २१ वटा पदको नतिजा आज बेलुकीसम्म प्रकाशन गर्ने तयारी गरेको  छ । प्रदेशबाट निर्वाचित हुने १४ केन्द्रीय सदस्यको पनि मतगणना भइरहेको छ  ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV