२९ फाल्गुन २०७२, शनिबार

काठमाडौँ,  प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल शनिवार मित्रराष्ट्र बेलायत प्रस्थान गर्नुभएको छ ।

IGP

Her Majesty’s Inspectorate of Constabulary (HMIC), बेलायतको निमन्त्रणमा फागुन ३० गतेदेखि चैत ६ गतेसम्म बेलायत प्रहरीको अनुभव आदान प्रदानका साथै व्यवसायिक अध्ययन भ्रमणमा सहभागी हुन बेलायततर्फ प्रस्थान गर्नुभएको हो ।

प्रहरी महानिरीक्षक अर्यालको साथमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक बिज्ञानराज शर्मा, प्रहरी प्रधान कार्यालय योजना तथा अन्वेषण निर्देशनालयका प्रहरी नायव महानिरीक्षक देबेन्द्र सुवेदी र पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्रमान श्रेष्ठ रहनुभएको छ ।
उहाँहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणमा शुभकामनासहित हार्दिक बिदाई गर्नुभयो । कार्यक्रममा बेलायतको डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (DFID) बाट नेपाल प्रहरीलाई Modernization and improvement of Policing Project का लागि प्राप्त भइरहेको सहयोगको प्रगति समीक्षा र थप सहयोग लगायत बेलायतको संघीय प्रणालीमा HMIC ले केन्द्रमा रही अन्य प्रहरी निकायहरुबीच गर्ने नियन्त्रण, अनुगमन र सुपरीवेक्षणको जानकारी र नेपाल प्रहरीमा त्यसको सम्भाव्यता अध्ययन तथा छलफल गर्नुहुने कार्यक्रम रहेको छ ।

LIVE TV