२९ फाल्गुन २०७२, शनिबार

काठमाडौँ, कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणना भइरहेको हो । शनिबारदेखि प्रदेशतर्फका केन्द्रीय सदस्यको मतगणना पनि सुरु गरिएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

महिला, मधेसी, आदिवासी जनजाति र दलिततर्फका २१ ओटा आरक्षित सिटका केन्द्रीय सदस्यको मतगणना पनि जारी छ ।

महिलाको ६ सिटमा ३८, आदिवासी जनजातितर्फ ३ सिटमा ४०, आदिवासी जनजाति महिलाको २ सिटमा १२, दलिततर्फ ३ सिटमा २०, दलित महिलाको २ सिटमा ५, मधेसीतर्फ ३ सिटमा १५ र मधेसी महिलाको २ सिटमा ९ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् ।

दलिततर्फ २३०० मतगणना हुँदा जीवन परियार १०९७ मत, मानबहादुर विश्वकर्मा १०३९ र मीन विश्वकर्मा मीन विश्वकर्मा ९५४ मतसहित अग्रस्थानमा छन् ।

यस्तै, दलित महिलातर्फ २३०० मतगणना हुँदा सुजाता परियार १०९३ मत, लक्ष्मी परियार १०८९ र कविताकुमारी सरदार ८४५ मतसहित अग्रस्थानमा छन् ।
सूची हेर्नुहोस्ः

mat-dalittarfa-final 2

LIVE TV