२९ फाल्गुन २०७२, शनिबार

ट्रान्सपोर्ट नगर स्थापना गर्ने सरकारको तयारी, उपयुक्त क्षेत्रको सुझावसहित आवश्यक सरकारी जग्गा देखाउन व्यवसायीलाई भूमीसुधार मन्त्रीको आग्रह ।

Ramkumar-Subba-e1450962202466

भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले सरकारले छिट्टै ट्रान्सपोर्ट नगर स्थापना गर्ने  योजना बनाएको बताउँनुभएको छ । व्यवसायीले उपयुक्त किसिमको सरकारी जग्गा देखाए सरकारले छिट्टै ट्रान्सपोर्ट नगर स्थापना गर्ने उहाँको कथन छ ।

सुनसरीको इटहरीमा आयोजित ढुवानी व्यवसायी महासंघ नेपालको  ७ औँ साधरण सभामा बोल्दै मन्त्री सुब्बाले ट्रान्सपोर्ट नगर कुन क्षेत्रमा उपयुक्त हुन्छ भन्ने सुझाव सहित आवश्यक सरकारी जग्गा सरकारलाई देखाईदिन व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

यता ढुवानी व्यवसायीहरुले ढुवानीका क्षेत्रमा देखिएका समस्याको दीर्घकालिन समस्या समाधानको लागि टन्सपोर्ट नगरको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । व्यवसायीहरुले देशमा टन्सपोर्ट नगरको स्थापना गरिदिन माग गरेका हुन । देशमा समान ढुवानीको काम गर्दै आएका व्यवसायीहरुले बढ्दो शहरीकरण तथा अव्यवस्थित यातायात सञ्चालनले समस्या झेल्नु परेको भन्दै छुट्टै ट्रान्सपोर्ट नगर स्थापना भए काम गर्न सहज हुने उनीहरुको भनाई थियो ।

व्यवसायीहरुले ढुवानीको विषयमा राज्यको स्पष्ट नीति तथा कानुनको व्यवस्था नहुँदा समस्या झेल्नु परेको बताएका थिए । यस्तै ढुवानी व्यवासायी राजेन्द्र गुप्ताले राजश्व अनुसन्धानको चेकजाँच, भन्सारको प्रज्ञापन पत्र, माल सामानको मुल्यका विषयका ठाउँ अनुसारका विभागहरुले ठाउँ ठाउँमा  अवरोध गर्दै दुःख दिने गरेको बताउनुभयो ।

 

LIVE TV