२९ फाल्गुन २०७२, शनिबार

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिएर काठमाडौंबाट बर्दियाका लागि उडेको हेलिकोप्टर रुपन्देहीको भैरहवामा अवतरण गरेको छ ।

PM_Oli_Land_Bhairawaha_554532882

बर्दियाको राजापुरमा साना किसान सहकारी संस्थाहरुलाई साना किसान विकास बैंकमा आवद्ध गराइ व्यवस्थापन हस्तान्तरण गर्न जाने क्रममा अर्घाखाँचीमा पुग्दा मौसम खराब भएपछि हेलिकोप्टर भैरहवामा अवतरण भएको हो ।

अचानक हावाहुरी चलेर अघि बढ्न नसकेपछि तत्कालै त्यहाँबाट डाईभर्ट गरेर प्रम सवार हेलिकोप्टरलाई गौतमबुद्ध बिमानस्थल अवतरण गराइएको थियो ।

भैरहवामा दिउँसो एक बजे अवतरण भएको हेलिकोप्टर त्यहाँबाट प्रधानमन्त्रीसहितको टोलीलाई लिएर काठमाडौं नै फर्किएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

बर्दिया जान नसकेपछि प्रमले भैरहवाबाटै साना किसानको कार्यक्रमलाई मोबाइलबाट सम्बोधन गरेका थिए ।

PM_Oli_Response_Bardiya_Farmer_By_Moible

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV