२९ फाल्गुन २०७२, शनिबार

बेइजिङ–विवादित दक्षिण चिनियाँ सामुन्द्रिक द्विपलाई लिएर नयाँ विवाद सुरु भएको छ। सो विवादित द्विपबाट चीनले चाँडै उडान भर्ने जनाएपछि विवाद उत्कर्षमा पुगेको हो। गत महिनाबाछ चीनले यो द्विपमा सेनाको परेड सुरु गरेको थियो। सो द्विपमा ग्यास र तेलको ठूलो भण्डारण भएका कारण कतिपय मुलुकले सो द्विप आफ्नो दाबी गर्दै आएका छन्।

china sea

सो विवादित द्विपमा चीनले उडान भर्ने जनाएपछि नयाँ विवाद सुरु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्। चीनको सो कदमको अमेरिकाले चर्को विरोध जनाएको छ। चिनियाँ संचारमाध्यमहरुले अनुसार पार्सेल आकिैपिलागो (द्विप समुह) को सान्सा शहरबाट उडान सुरु गर्ने जनाएका छन्। चीनको सो कदम विवादित द्विप आफ्नो रहेको दाबी गर्नु हो।

तर संयुक्त राज्य अमेरिकाले भने चीनको सो कदमको चर्को विरोध गर्दै विवादित द्विप दाबी गरिरहेका अन्य मुलुकबीचको तनाव झन बढ्ने चेतावनी दिएको छ। सो द्विपमाथि मलेशिया, ब्रुनाइ, फिलिपिन्स, ताइवान र भियतनामले आफ्नो दाबी गरेका छन्। समाचारमा जनाइए अनुसार चीन सो द्विपमा दुई यात्रुवहाक पानी जहाज र एक प्रहरीको जहाज तैनाथ गर्दैछ। यसअघि चीनले सो क्षेत्रमा जेट फाइटर उतारको थियो।

चीन दक्षिणी चीन सागरमा १२ समुन्द्री माइलसम्म आफ्नो रहेको दाबी गर्दै आएको छ। सो क्षेत्रमा १२ नटिकल माइल भूभाग आफ्नो भएको दाबी गर्दै आएको छ । चीन बाहेक दक्षिण पूर्वी एसियाका ताइवान, फिलिपिन्स, भियतनाम र मलेशियाले सो क्षेत्रमा आफ्नो दाबी गर्दै आएका छन्। गत महिनामात्र अमेरिकी राष्ट्रपति बराक ओबामासँगको बैठकमा चिनियाँ राष्ट्रपति शि जिनपिङले सो क्षेत्रमा सेना तैनाथ गर्ने इच्छा देखाएका थिए। यद्यपि अमेरिकले चीनले सो क्षेत्रमा सैन्य गतिविधि बढाएको आशंका गर्दै आएको छ।

दक्षिणी चीन सागरमा तेल र ग्यासको ठूला भण्डारण रहेको बताइएको छ। अमेरिकाका अनुसार सो क्षेत्रमा २१३ अबर ब्यारेल तेल र ९ सय ट्रिलियन क्युबिक फिट प्राकृतिक ग्यास भण्डारण छ। सो समुन्द्रको बाटो हुँदै प्रत्येक वर्ष ७ ट्रिलियन डलरको व्यापार हुन्छ । चीनले २०१३ को अन्तिममा एक मेघा प्रोजेक्ट संचालन गरी पानीमा डुबेर रहेको रिफ एरियालाई मानव निर्मित द्विपमा परिवर्तन गरेको थियो। चीनले दक्षिणी चिनियाँ सागरको ८० प्रतिशत क्षेत्रफल आफ्नो रहेको दाबी गर्दै आएको छ। तर अन्य छिमेकी देशभने चीनको दाबीको प्रतिवाद गर्दै आएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV