२९ फाल्गुन २०७२, शनिबार

काठमाडौं, प्रहरी प्रधान कार्यालयले ६९ जना डिएसपीको सरुवा गरेको छ । आईजीपी उपेन्द्रकान्त अर्याल बेलायत जानुअघि शनिबार डिएसपीको सरुवा गरेका हुन् ।

Nepal_Police-624x697

सरुवामा केही जिल्ला तथा वृत्तका इन्चार्जहरु समेत फेरिएका छन् । इप्रका धरानमा ढकेन्द्र खतिवडा, रोल्पामा राम प्रसाद घर्तीमगर, सल्यानमा श्याम खत्री, बौद्ध वृत्तमा विपिन रेग्मी, सोह्रखुट्टेमा सोमेन्द्रसिंह राठौर, संखुवासभामा गौतम केसी, स्वयम्भुमा कोमल शाह, गौशलामा नवराज कार्कीको सरुवा भएको छ ।  त्यस्तै इप्रका बर्दिवासमा शालिकराम शर्मा, इप्रका लहानमा राजकुमार केसी, जिप्रका बाजुरामा हेरम्ब शर्मा, तेह्रथुमा भागेन्द्र पुरुष ढकाल, अछाममा निरञ्जन दत्त भट्टको सरुवा भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV