२९ फाल्गुन २०७२, शनिबार

यमनमा विद्रोहीले कब्जा लिएको यमनी सहर ताइज सुरक्षाबलले नियन्त्रणमा लिने क्रममा एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएको समाचार छ  । गत २४ घण्टा यता सुरक्षाबलले विद्रोही कब्जाबाट नियन्त्रणमा लिन खोज्दा सो हताहती भएको बताइएको छ । यमनको उत्तरपूर्वी क्षेत्रमा रहेको ताइज सहरमा पूर्व–राष्ट्रपति अलि अब्दुल्लाह सालेहसमर्थक सिया हुथी विद्रोहीको कब्जा तोड्न यमनी सुरक्षाबलले शुक्रबार रातिबाट कारबाही सुरु गरेका थिए ।

yemen_small

चिकित्सक स्रोतका अनुसार साउदी अरेबियाको नेतृत्वमा विद्रोहीलक्षित हवाई आक्रमणमा एक सयभन्दा बढी लडाकू मारिएका छन् । यमनका राष्ट्रपति अब्दुल्लाह रब्बु मन्सुउर हादीलाई हुथी विद्रोही विरुद्ध लड्न साउदी अरेबियाले सहयोग गर्दै आएको छ । यमनको दक्षिणपूर्वमा अवस्थित ताइज देशको तेस्रो ठूलो सहरको रुपमा रहेको छ । करिब दुई लाख जनसङ्ख्या रहेको यो सहरमा एक वर्षभन्दा बढी समयदेखि विद्रोहीको कब्जा रहँदै आएको छ । सन् २०१४ को सेप्टेम्बरबाट गृहयुद्ध सुरु भएको यस देशमा सो द्वन्द्वमा परी हालसम्म लगभग छ हजार व्यक्तिको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा प्रायः सर्वसाधारण नै रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV