२९ फाल्गुन २०७२, शनिबार

काठमाडौँ-नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत शनिबार महिला आरक्षणतर्फ ६ पदका लागि भएको निर्वाचनको मतगणना जारी छ। निर्वाचन समितिका अनुसार महिला आरक्षणतर्फ १३ सय मत गणना हुँदा डा. डिला संग्रौलाले ६ सय ४३ मतसहित पहिलो स्थानमा छिन्।

mahilaatarfa

पार्टी कार्यालय सानेपामा जारी मतगणनामा पुष्पा भुसाल ५ सय ४८ मतसहित दोस्रो, ४ सय ५९ मतसहित कमला पन्त तेस्रो स्थानमा छिन्। निर्वाचन समितिका अनुसार ४ सय १० समानमतसहित अम्बिका बस्नेत र इश्वरी न्यौपाने चौथो, ४ सय १ मतसहित सरिता प्रसाईं पाँचौ र ३ सय ५१ मतससहित प्रमिला राई छैटौं स्थानमा छिन्। यसैगरी ३ सय ४३ मतसहित रीता खनाल सातौं स्थानमा, ३ सय २८ समानमतसहित मंजु खाँड र रुक्मिणी कोइराला आठौं स्थानमा छन। यसैगरी उमा रेग्मी २७२ र मृदुला कोइराला २ सय २८ मतसहित दशौं स्थानमा छन्।

यसैबीच खुल्लातर्फ ९ सय ३ मत गणना गर्दा खुमबहादुर खड्का ४ सय ७१ मतसहित अग्रस्थानमा छन्। यसैगरी डा। शेखर कोइराला ४ सय ६९ मतसहित दोस्रो र ४ सय ६७ मतसहित प्रकाशमान सिंह तेस्रो स्थानमा रहेका छन्। निर्वाचन समितिका अनुसार ४ सय ६० प्रदिप पौडेल चौथो स्थानमा, ४ सय ४७ रमेम लेखक पाँचौ र ४ सय ४५ पूणबहादुर खड्का छैटौं स्थानमा रहेका छन्। यसैगरी ४ सय ४२ मतसहित विमलेन्द्र निधी सातौं , ४ सय २९ मतसहित बालकृष्ण खाँड आठौं, ४ सय २८ मतसहित प्रदीप गिरि नवौं र ४ सय २७ मतसहित महेश आचार्य दशौं स्थानमा छन्।

purus

प्रतिक्रिया दिनुहोस्

LIVE TV