२९ फाल्गुन २०७२, शनिबार

काठमाडौँ, शनिबारबाट चार ठाउँमा गणना थालिएपछि नेपाली कांग्रेसको खुलातर्फको मतगणनाले गति लिएको छ ।

Nepali_Congress_Central_433733034
चार दिनदेखि प्रोजेक्टरको सहयोगमा एक ठाउँमा मात्रै भइरहेको गणना शनिबारबाट चार ठाउँमा थालिएपछि केही घन्टामै करिब ३ सय मत गनिसकिएको छ ।

प्रोजेक्टर हटाएर चार ठाउँमा एक हजार मत गनिसक्दा नेता शेखर कोइरालाले नौ मतको अग्रता लिएका छन् ।

एक हजार मत गन्दा कोइरालाले ६२४ मत ल्याएका छन् भने उनलाई पछ्याइरहेका प्रकाशमान सिंहले ६१५ मत ल्याएका छन् ।

तेस्रो नम्बरमा रहेका खुमबहादुर खड्काले ५९२ मत ल्याएका छन् । चौथो नम्बरमा रहेका प्रदीप पौडेलको ५९१ मत छ ।

Congress ccm vote

प्रतिक्रिया दिनुहोस्

LIVE TV