
काठमाडौँ, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले मधेसका माग एक महिनाभित्र सम्बोधन नगरे वैशाखदेखि पुनः कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
शनिबार रौतहटको गौरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले अब हुने आन्दोलनले नै मधेसका माग पूरा गर्ने बताए । अबको आन्दोलनमा नाकाबन्दी नहुने उनको भनाइ थियो ।
अर्को एक प्रसंगमा अध्यक्ष महतोले आन्दोलनको उद्देश्य पूरा नभएसम्म मधेसी मोर्चाका कुनैपनि घटक सरकारमा सहभागी नहुने प्रस्ट पारे ।