२९ फाल्गुन २०७२, शनिबार

घोराही-एसीड आक्रमण गरेको अभियोगमा प्रहरीले दुई जना यूवालाई पक्राउ गरेको छ । विहीवार घोराही-२ गुलरीया निवासी ३२ वर्षीया रिता चौधरीमाथि एसीड आक्रमण गरेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख कुवरे कडायतले जानकारी दिए ।

acid aakraman

पक्राउ परेका दुवै जना टिनयजर्स भएको जानकारी दिएपनि उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छ । एसपी कडायतका अनुसार पक्राउ पर्ने दुबै युवा घोराही –२ गुलरीया क्षेत्रकै रहेको जानकारी दिए । एसपी कडायतले मुख्य योजनाकार अर्काे एक जना व्यक्तिको खोजि भइरहेको जानारी दिए ।

उक्त व्यक्ति फरार रहेको र खोजि तिर्व पारिएको प्रहरीले बताएको छ । व्यक्तिगत रिसिविका कारण एसीड आक्रमण भएको प्रारम्भिक अनुसन्धानवाट खुल्न आएको प्रहरीले बताएको छ । जिल्लामा यो एसीड आक्रमणको पहिलो घटना हो ।

पक्राउ परेका विरुद्ध अनुसन्धान जारी रहेको र उनीहरुमाथि अभियोग प्रमाणित भएमा सार्वजनिक मुद्दा दायर गरेर कानुनी कारवाहीको प्रक्रिया सुरु हुने प्रहरीले बताएको छ ।

विहीवार साँझ ७ बजेतिर चौधरीको किराना पसलमा हातमा पंजा अनि अनुहारमा मास्क लगाएर मोटरसाईकलमा आएका ती यूवा मध्य एकजनाले चुरोट र दालमोट किनेको केही वेरमा सिरिञ्जको प्रयोग गरि चौधरीमाथि एसीड प्रहार गरेको प्रहरीले बताएको छ ।

एसीड आक्रमण बाट चौधरीको दाहिने कान र गालामा ठूलो घाउ बनेको छ । राप्ती उपक्षेत्रीय अस्पताल घोराहीको प्रारम्भिक उपचारपछि घाईते चौधरीलाई विहीवार नै बाँकेको कोहरपुरमा रेफर गरिएको थियो । उनको आज गालाको सल्यक्रिया हुने जानकरी आँफूले पाएको एसपी कडायतले बताए ।

शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेकी एसीड आक्रमणवाट घाईते चौधरीको स्वाथ्यमा क्रमिण सुधार आउँदै अवस्था सामान्य वन्दै गएको बताइएको छ ।

एसीड आक्रमणको चौतर्फी विरोध
चौधरीमाथि एसीड आक्रमण भएपछि त्यसको चौतर्फ विरोध सुरु भएको छ । एक दर्जन वढी अधिकारकर्मीहरुले संयुक्त विज्ञप्ति प्रकासित गर्दै घटनाको निन्दा एवं दोषीलाई कारवाहीको माग गरेका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखा, कानुन व्यवसायी र विभिन्न अधिकारकर्मीहरुले घटनाको निन्दा गरेका छन् ।

घोराही निवासी चौधरीमाथि भएको एसीड आक्रमण र दाङ हाँसीपुर गाविस १ रुपाकोटकी ६२ वर्षीय वृद्धा तुमसरा सुनारलाई प्यारालाइसिसको उपचारको बहानामा शरिरमा तातोपानी खन्याई घाइते बनाइएको घटना प्रति उनीहरुले निन्दा गर्दै घाईतेका उपचार, क्षतिपूर्ती एवं पिडकलाई कानुनी कारवाही गर्न माग गरेका छन् ।

यसरी विज्ञप्ति जारीगर्नेहरुमा मानव अधिकार संजालका जिल्ला संयोजक केशव कुमार शर्मा , नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी , नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतम ,महिला मानवअधिकार रक्षक सञ्जालकी केन्द्रीय सदस्य लक्ष्मी आचार्य, इन्सेक जिल्ला प्रतिनिधी जे.एन.सागर, जिल्ला बार इकाई अध्यक्ष भुपबहादुर केसी , हरप्लेस दाङका विनोद केसी, ओरेक जिल्ला संयोजक लक्ष्मी अर्याल र सक्षम महिला सामुदायिक संस्था रचना सुवेदी रहेका छन् ।

यसैबीच चौधरीमाथि भएको एसीड प्रहारको विरोधमा घोराहीमा विरोध -यालि निकालिएको छ । घोराही –२ स्थित दिप शिखा उच्चमाविका विद्यार्थी र शिक्षकले घटनाको विरोधमा -यालि निकालेका हुन । उक्त -यालिले घोराही बजारको विभिन्न भागको परिक्रर्मा पछि तुलसीपुर चोकमा पुगेर कोणसभामा परिनत भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV