२९ फाल्गुन २०७२, शनिबार

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी सँगठनका कर्मचारीहरु डिलिजुनल प्यारासुटोसिस अर्थात भ्रमले ग्रसित भइराख्ने मानसिक रोगबाट गं्रसित भएको भन्दै यसको उपचार आवश्यक रहेको बताउनुभएको छ । आईजिपी अर्यालले प्रहरी कर्मचारीलाई लागेको रोगबारे दिएको टिप्पणी औधी रोचकको छ । धेरै वर्ष पहिले एक अमेरिक बैज्ञानिक टि आर ट्रेलरलाई आफ्नो चालिस औँ जन्मदिनतिर जिउ चिलाएपछि उनले यसबारे जीवनभर अनुसन्धान गरेका थिए । यतिसम्मकी जिउ चिलाएकोबारे ल्याबदेखि अरु बैज्ञानिकलाई समेत आफ्नो छाला परिक्षणका लागि पठाएका थिए । ४० वर्षको अनुसन्धानकै क्रममा उनको मृत्युपछि कारण खुल्यो त्यो डिलुसिजल प्यारासुटोसिस रोग हो । बैज्ञानिक ट्रेलरले जीउ नचिलाएपनि चिलाएको भ्रममा ४० वर्ष विताएका थिए । यो अध्ययनबाट के पनि खुल्यो भने कतिपय मानिसहरुलाई एउटालाई चिलायो भने अर्कोलाई पनि चिलाए झैँ लाग्छ । आईजिपीले यो रोगको लक्षण प्रहरीका कर्मचारीसँग पनि मिल्ने भन्दै साधन, स्रोतको समस्या देखाउने रोग मानसिक मात्र भएको आईजिपीको ठम्माई छ । सकारात्मक सोच राख्दै उपवब्ध साधन र स्रोतको अधिकतम उपभोग गने हो भने अपराध अनुसन्धानका लागि पर्याप्त रहेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV