२९ फाल्गुन २०७२, शनिबार

देवराज भन्तनाको क्रेजी लभ उपन्यास सार्वजनिक भएको छ । बुक वल्र्ड पब्लिकेसन, बागबजार को प्रकासनमा तयार भएको क्रेजी लभ बाट भन्तनाले आफुलाई उपन्यासकारका रुपमा चिनाएका छन् । क्रजी लभमा युवा अवस्थामा हुने प्रेम र त्यसले निम्त्याउन सक्ने संभाबित दुर्घटनालाइ उजागर गर्न खोजीएको छ । यसले विशेषगरी युवायुवतीहरुको मन छुने विश्वास लिईएको छ । यसअघि भन्तनाका केहि गीत गजलहरु र आधुनिक गीति संग्रह जलेको दिल प्रकाशनमा आएकोे थियो ।

गीत संगीत र साहित्यको बिधामा रुची राख्ने भन्तना केहि समय अघि बिदेश थिए । बिदेश बसाई संगै उनले आफुले भोगेको जिन्दगी र बटुलेका अनुभबलाई आख्यानमा उतार्ने कोशिस गरे ।
जेट विमानमा चढ्नको लागि लाइनमा थिएँ म । म मात्र होइन, लाइनमा धेरै जना थियौँ । हामी नेपालीहरुको नियति ! सबैले हरियो पासपोर्ट लिएर जिन्दगीका अमूल्य पलहरु बेच्न जाँदै थियौँ । जीवनको सबैभन्दा उर्वर समय बेच्न जाँदै थियौँ । पसिना बेच्न जाँदै थियौँ । श्रम बेच्न जाँदै थियौँ । आफैँलाई बेच्न जाँदै थियौँ ।
त्यसपछि नेपाल फर्केसंगै उनी साहित्य र गीत संगीतको क्षेत्रमा सत्रिय रहे र केहि समयको अन्तराल पछि क्रेजी लभ उपन्यास बजारमा ल्याएका छन् ।
युवायुवतीहरुको प्रेम र उनीहरुको जीवनमा प्रेम भोगाइ र घटनालाइ वास्तबिकतामा उतार्ने कोशिस गरेको भन्तना बताउँछन् । उनी भन्छन् , गीत संगीत लेखिरहेको मान्छे म, गीतगजलमै रमाइरहेको थिएँ । पछिल्लो समयमा नेपाली साहित्यको बजारमा आख्यानको बाढि नै आयो । केहि आख्यान पढेँ । पढ्दा पढ्दै मलाईपनि आख्यानमा रुचि बढ्दै गयो । र यहि भिडमा म पनि थपिएँ ।

crazylov

उपन्यासका केहि हरफहरु
आँखा खोलूँ या चिम्लूँ, सपना होस् या विपना, रश्मिको तस्बिर (विम्ब) यी आँखामा छाउन थाल्यो । क्यानभास होस् या भित्ताका पोष्टर, पढ्ने किताब होस् या किताबभित्रका अक्षरहरु ! उसकै मुहार मात्र देख्न थालेँ ।
छोटो समयमै म ऊप्रति यति क्रेजी भएँ, यति गहिराइमा पुगेँ कि मैले सोचेको पनि थिइनँ । रश्मिको दिल सफा छ या धमिलो ? उसको दिल खाली छ या कोही अरुको राज ! मैले केही सोचिनँ । मात्र सोचेँ– अब उसको दिलमा मैले राज गर्नुपर्छ ।”
०००
रातो गुलाबसँगै एउटा प्रेम–पत्र रश्मिको हातमा थमाउने सोच बनाएर पत्र कोरेँ । प्रेम दिवसको अघिल्लो दिन कलेज बिदा थियो । बिदाको दिन पत्र कोर्नमै बित्यो । बेलुकीपख बजार निस्केर रातो गुलाब खरिद गरेँ । खरिद गरिएको गुलाबले प्रेम किन्न त कहाँ सकिन्थ्यो र ! तर चलेको चलनलाई नकार्न पनि त सकिँदो रहेनछ ।
०००
आआफ्नो बिस्तारामा पल्टियौँ । रक्सीको नशाले छाडिसकेको थियो । सुत्नै लागेको बेलामा समीरले डिस्टर्ब ग¥यो । अब के निद्रा लाग्थ्यो । प्रकृतिको याद आयो । आँखाभरि उसकै तस्बिर नाच्न थाल्यो । शायद ऊ सुतिसकेकी थिई होला । मेरै यादमा ननिदाई बसेकी पनि हुन सक्थी । खैर, मलाई चाहिँ निकै न्यास्रो लाग्यो । फोन गर्दा डिस्टर्ब होला भनेर म्यासेज गरेँ— “प्रकृति, तिमी सपनाको कुन संसारमा छ्यौ, कतै मसँगै कुनै लोकमा विचरण गर्दै छ्यौ कि ? म त यही पृथ्वी लोकमै तिमीसँगका अमूल्य पलहरुसँग लुकामारी खेल्दै छु । मलाई धेरै नसताऊ न । म पनि अब अर्कै लोकमा तिमीसँगै विचरण गर्न चाहन्छु । मिस यु प्रकृति !”
०००
रश्मि गई । यादहरु छोडेर गई । लिएर गइन । यस्तै हो भने शमसानघाटमा यादहरुसँगै जल्नेछु । त्यसपछि न रहनेछ जिन्दगी न रहनेछ माया ! रश्मि मेरो सम्पर्कमा छैन । तड्पाइमा बितिरहेका छन् दिनहरु । छटपटीमा बितिरहेका छन् रातहरु । भोलि के हुन्छ, केही थाहा छैन । हप्तादिन पनि उकालो लागिसक्यो । तैपनि खोजिरहेछु । यो शहरमा ऊ भेटिएली वा नभेटिएली ? जीवन रहेसम्म त खोजिरहने नै छु ।
समीर रुँदै थियो । मलाई धेरै कुरा सोध्न मन थियो । ऊ सवालजवाफ गर्ने स्थितिमा थिएन । केही बेर म मौन रहेँ । ऊ पनि मौन रह्यो । म बोल्न खोज्दा पनि मुखबाट आवाज निस्केन । उसले त आफ्ना कुरा सकिसकेको थियो । धोकाका अनगिन्ती चोटहरु शब्दमा मात्रै कसरी व्यक्त गर्न सकिन्थ्यो र ! त्यसैले ऊ शब्दविहीन भएको थियो । ऊसँगै म पनि !

प्रकृति र जोनको पिछा गर्दै कारमा कुदिरहेँ । म यो कुरामा पनि सचेत थिएँ कि उनीहरुलाई हामीलाई कसैले पिछा गरिरहेको छ भन्ने थाहा नहोस् । माया गर्ने मान्छेको हत्या गर्नका लागि म किन यति लालायित भइरहेको थिएँ, मलाई थाहा थिएन । शायद धोका थियो मलाई यसरी लालायित गराउने । एउटा सच्चा प्रेममाथिको धोका ! सच्चा प्रेमीमाथिको धोका ! कताकता अतीतका प्रेमिल दिनहरु सम्झेर रुन मन पनि लाग्थ्यो । फेरि तत्कालै आफूले आफैँलाई सम्हाल्थेँ । सोच्थेँ– अब मेरो उद्देश्य मात्र उनीहरुको हत्या गर्नु हो ।
यहाँ माया गर्नेले भन्दा गरेझैं गर्नेले धेरै माया दिंदा रै’छन् । उत्पात माया दिंदा रै’छन् । ए, प्रकृति ! कस्तो माया दिएकी थियौ ? आफूलाई भुलें, परिवारलाई भुलें ।

devraj

प्रतिक्रिया दिनुहोस्

LIVE TV