२९ फाल्गुन २०७२, शनिबार

अहिले स्थापित संगीतकारको रुपमा चेतन सापकोटालाई चिनिन्छ । संगीतकार सापकोटाले धेरै फिल्महरुका संगीत गरीसकेका छन् । उनले गरेका संगीतहरुले निकै चर्चाहरुपनि बटुलेका छन् । उनि जिङगल गायक पनि हुन् । उनले मेरी बास्सै, तीतो सत्य लगाएतका हाँस्य टेलिश्रृङखलाहरुको जिङगल गीतहरु पनि गाईसकेका छन् । संगीतकार चेतन सापकोटाले न्युज२४ नेपाल टेलिभिजनको ‘छ प्रश्न’ कार्यक्रममा उक्त जिङगल गीतहरु पनि गाएका थिए ।
vlcsnap-2016-03-12-11h10m26s579
त्यस्तै पछिल्लो समयमा टेलिश्रृङखलाका हाँस्य कलाकारहरु पनि फिल्मप्रति निकै जागरुक देखिएका छन् । केहि कलाकारहरुले फिल्म पनि निर्माण गरीसकेर निकै चर्चा पनि पाउन सफल भएका छन् । पहिलोचोटि संगीतकार चेतन सापकोटाले निर्माण गरेका फिल्मको रुपमा ‘भाग सानि भाग’ रहेको छ । जुन फिल्ममा हाँस्य कलाकारहरुले चेतन सापकोटालाई राम्रै सँग साथ दिएका छन् । संदीप क्षेत्रि, किरण केसि(राता मकै),शिबहरी पौडेल, विल्सन बिक्रम राई(तोक्मे बुढा), लगाएतका कलाकारहरुको अभिनय रहेको भाग सानि भाग फिल्मको बारेमा बोलेको प्रोमोशनल भिडियो पनि सार्वजनिक भईसकेको छ ।
vlcsnap-2016-03-12-11h11m08s725
सापकोटाको कलाकार बन्ने ईच्छा भएपनि उनि संगीतकारको रुपमा स्थापित भएका उनले बताए । धेरै बर्ष लामो संगीत क्षेत्रमा अनुभव बटुलेका संगीतकार सापकोटाले अहिले फिल्म निर्माणमा पनि हात हालेका छन् । सापकोटाले पहिलो चोटि निर्माण गरेका फिल्म ‘भाग सानि भाग’लाई नभल नेपालले निर्देशन गरेका छन् । सामाजिक यथार्थ कथालाई प्रस्तुत गर्ने फिल्म ‘भाग सानि भाग’ को प्रस्तुतकर्ताको रुपमा बिष्णु चापागाँई रहेका छन् । ‘भाग सानि भाग’ फिल्ममा केकि अधिकारी,सरोज खनाल,जीबन लुईटेल,रमेश उप्रेति, सबिन श्रेष्ठ लगाएतका कलाकारहरुको अभिनय रहेको छ । त्यस्तै फिल्ममा कबिराज गहतराजले नृत्य निर्देशन गरेका छन् । फिल्म ‘भाग सानि भाग’ यसै चैत्रको ५ गते दर्शकमाझ प्रस्तुत हुदैछ । साथै ‘भाग सानि भाग’ फिल्म सँगै अर्को फिल्म ‘लक्ष्य’पनि दर्शकसामु प्रदर्शन हुदैछ ।
bhag-saani-bhag2nd

LIVE TV