२९ फाल्गुन २०७२, शनिबार

कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सरकारको नेतृत्व लिने हतारमा नरहेको बताएका छन् । ‘सरकारको नेतृत्व लिन कांग्रेसले हतार गर्दैन,’ आफूलाई बधाई दिन शुक्रबार निवासमा आएका सञ्चारकर्मीसँग देउवाले भने । उनले कांग्रेसले प्रतिपक्ष भूमिका निर्वाह गर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीको सरकार आफ्नै बोझले ढल्ने बताए ।

Sher-Bahadur-Deuba

‘ओली सरकार आफ्नै बोझले ढल्छ, हामी प्रतिपक्षीको भूमिका निर्वाह गर्न तयार छौं, किनभने लोकतन्त्रमा विश्वास  गर्नेले बलियो प्रतिपक्षी भएको खण्डमा लोकतन्त्र फस्टाउँछ, कसैमाथि अन्याय हुँदैन । प्रतिपक्षी बलियो भएन भने तानाशाही हुन्छ भन्ने तथ्य बुझ्न आवश्यक हुन्छ,’ देउवाले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV