२९ फाल्गुन २०७२, शनिबार

 

प्रधानमन्त्री केपी ओली र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच शुक्रबार राति बालुवाटारमा भएको वार्ता विनानिष्कर्ष टुंगिएको छ । मोर्चाले शुक्रबार बिहान सातबुँदे ध्यानाकर्षण बुझाएपछि ओलीले साँझ साढे ६ बजे बैठक बोलाएका थिए । वार्ता भने राजनीतिक विषयमा प्रवेशै गरेर डेढ घन्टा चलेको बैठक गिरफ्तार आन्दोलनकारीको रिहाइ, घाइतेहरुको उपचार लगायतमै सीमित भयो । प्रधानमन्त्री ओलीले पहिले मधेस आन्दोलनका घाइतेको औषधि उपचारको विषय टुंग्याउन र त्यसपछि मात्रै अन्य विषयमा प्रवेश गर्न आग्रह गरेका थिए । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले राजनीतिक मुद्दा आफ्ना लागि प्राथमिक भएको भन्दै ध्यानाकर्षण पत्रमा केन्द्रित हुन आग्रह गरेका थिए ।

madheshi-morcha1-300x164

जवाफमा ओलीले भने, ‘खासमा मैले तपाईंहरुलाई बिहान दिएको ध्यानाकर्षण पत्र राम्ररी पढ्न भ्याइनँ । त्यसैले पहिले प्राविधिक विषय टुंग्याउँ, अनि राजनीतिक विषयमा त छलफल गर्नु छँदैछ।’ आजका कान्तिपुर दैनिकमा खबर छ ।

 

LIVE TV